नियम २९
कर तिर्ने तरिका र स्थान
(१) कुनै व्यक्तिले ऐन बमोजिम तिर्नु पर्ने कर देहायको स्थानमा देहाय बमोजिम तिर्नु पर्नेछः–
(क) विभागले कुनै व्यक्तिलाई कर तिर्ने स्थान सूचित गरेको भए सोही स्थानमा,
(ख) खण्ड (क) बाहेकका अन्य अवस्थामा सरकारी कारोबार गर्न मान्यता प्राप्त बैङ्क वा विभागमा ।
(२) कुनै व्यक्तिले उपनियम (१) बमोजिम सरकारी कारोबार गर्न मान्यता प्राप्त बैङ्कमा कर बुझाएको भए सोको जानकारी विभागमा दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कर बुझाउदा देहाय बमोजिम बुझाउन सकिनेछः– (क) विभागमा भुक्तानी गर्दा विभागले तोकेको सीमासम्म नगद र
सो सीमा भन्दा बढी भएमा चेक वा ड्राफ्टबाट, वा
(ख) सरकारी कारोबार गर्न मान्यता प्राप्त बैङ्कमा भुक्तानी गर्दा नगद, चेक वा ड्राफ्ट वा विद्युतीय माध्यमबाट ।तर सरकारी कारोबार गर्ने मान्यता प्राप्त बैङ्कमार्फत भुक्तानी गर्दा दश लाख रुपैयाँभन्दा बढीको रकम चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट भुक्तानी गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम चेकबाट कर बुझाएकोमा कुनै कारणले सो चेकको भुक्तानी नभएमा सो चेकबाट भुक्तानी प्राप्त गर्न विभागले भुक्तानी मितिसम्म गरेको सम्पूर्ण खर्च बापत विभागले तोकेको रकम सो चेक बुझाउने व्यक्तिले विभागमा बुझाउनु पर्नेछ । यसरी विभागले खर्चको रकम तोक्दा भुक्तानी मितिसम्म कर बापत लाग्ने ब्याज, शुल्क तथा जरिवानाको रकम समेत समावेश गर्नु पर्नेछ ।